गोकर्णेश्वर नगरपालिकाको कुन वडामा कति कोरोना संक्रमित ?
कपन अनलाइन
काठमाडौं, जेठ २६। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २५ गते सम्ममा १७०१ जना पुरुष र १५४४ जना महिला गरि कुल ३ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ७० जना पुरुष र ५५ जना महिला गरि कुल १२५ जना
वडा नं २ मा ९७ जना पुरुष र ७४ जना महिला गरि कुल १७१ जना
वडा नं३ मा ८० जना पुरुष र ६७ जना महिला गरि कुल १४७ जना
वडा नं ४ मा २३९ जना पुरुष र २१४ जना महिला गरि कुल ४५३ जना
वडा नं ५ मा २८० जना पुरुष र २२५ जना महिला गरि ४५३ जना
वडा नं ६ मा ३९५ जना पुरुष र ३५५ जना महिला गरि ७५० जना
वडा नं ७ मा १११ जना पुरुष र ११० जना महिला गरि कुल २२१ जना
वडा नं ८ मा ३४४ जना पुरुष र ३४४ जना महिला गरि कुल ६८८ जना
वडा नं ९ मा ८४ जना पुरुष र १०० जना महिला गरि कुल १८५ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ७५० जनामा कोरोना संक्रमित भेटि कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।