जिफन्टको नाम र लोगो अनाधिकृत रुपमा प्रयोग नगर्न चेतावनी (विज्ञप्ति सहित)

जिफन्टको नाम र लोगो अनाधिकृत रुपमा प्रयोग नगर्न चेतावनी (विज्ञप्ति सहित)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले महासंघको नामबाट अनाधिकृत रूपमा विज्ञप्ति जारी गर्ने कार्य  प्रति आपत्ति जनाएको छ । गत जेठ २० गते राजनीतिक दलमा आवद्ध केही व्यक्तिहरूले जिफन्टको नाम प्रयोग गरी विज्ञप्ति जारी गर्ने काम भएपछि मङ्गलबार  विज्ञप्ति जारी गर्दै महासंघले  आपत्ति जनाएको हो।

महासचिव जनक चौधरीले जारी गरेको  सो विज्ञप्तिमा राजनीतिक अभीष्ट पुरागर्न तल्लीनहरूको सहयोगीहरूले अनधिकृत तवरले विज्ञप्ति जारी गर्ने काम भएको बताइएको छ ।

महासचिव चौधरीले व्यक्तिगत लाभ, पद र प्रतीष्ठा प्राप्तिको लागि यसरी गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने गतिविधिको प्रतिवाद गर्न जिफन्टका सबै कमिटी, सदस्य तथा शुभचिन्तकहरूलाई आव्हान समेत गरेका छन  ।

विज्ञप्तिमा भनिएको छ, “जिफन्ट आफ्नो राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अनुरुप अगाडि बढीरहेको छ र, वैचारिक सामीप्यता रहेको राजनीतिक दल नेकपा (एमाले) सँग हातेमालो गर्दै आएको छ । साथै जुनसुकै राजनीतिक दलको सरकार भएपनि गुण र दोषको आधारमा समर्थन र आलोचना गर्ने मान्यतामा जिफन्ट अडिग छ । र, यही मान्यताको आधारमा राम्रो कामको प्रशंसा र खराव कुराको विरोध गर्दै आएको छ ।”

कोभिड १९ को महामारीबाट प्रताडित श्रमिक तथा आम नागरिकको जीवन रक्षाको लागि हरसम्भव सहयोग गर्न सबै कमिटी, सदस्य तथा शुभचिन्तकहरूलाई जिफन्टले अनुरोध गरेको छ । जिफन्टले विज्ञप्ति मार्फत कोरोना महामारीका कारण जीवन गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा उपचाररत रहेकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

जिफन्टको बिज्ञप्ति : 

तपाइँको प्रतिक्रिया ।