नागार्जुन नगरपालिका-२ बाट अवैध रुपमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

नागार्जुन नगरपालिका-२ सानोभर्याङ्गस्थित टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरेको अभियोगमा काठमाडौं थानकोट बस्ने भारत उत्तर प्रदेश वालिया घर भएका २४ वर्षीय रोशन जैसवाल समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा अबैध रुपमा ह्याण्ड स्यानिटाईजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गर्ने क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान , ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्याण्ड स्यानिटाईजर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।