नेसनल प्याव्सनको आयोजनामा “भ्याक्सिन फर ग्रोथ ” बिषयक तालिम हुने

नेसनल प्याव्सनको आयोजनामा “भ्याक्सिन फर ग्रोथ ” बिषयक तालिम हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

नेशनल प्याब्सनले विद्यालयका  संस्थापक ,प्रधानाध्यापक, प्रोमोटर र स्कुल लिडरहरुको तालिम आयोजना गरेको छ।

कोभिड-१९ को दोश्रो भेरिएन्टको संक्रमणबाट बिध्यालय क्षेत्रमा परेको नकारात्मक प्रभाबको समयमा आफ्ना शिक्षक कर्मचारी, अभिभाबक, बिध्यार्थीहरु र आम समुदायमा परेको असरलाई न्यूनीकरण गर्दै संक्रमणको समयमा बिध्यालयको सकारात्मक बिकासको लाग बिध्यालय क्षेत्रलाई पुनर्जीवन प्रदान गर्नको लागि भर्चुअल तालिम “भ्याक्सिन फर ग्रोथ अर्थात उन्नतिका लागि खोप” बिषयक तालिम नेशनल प्याब्सन केन्द्रीय कार्य समितिको आयोजना र नेशनल प्याब्सन काठमाडैा जिल्ला समितिको संयोजनमा  जेठ २८ गते बिहिवार दिउँसो ३:३० बजे देखि तालिम आयोजना गरिएको नेशनल प्याब्सनले जानकारी दिएको छ।

उक्त  तालिममा देशैभरीबाट स्कुल प्रधानाध्यापक तथा लिडरहरुको सहभागिता हुने बारेमा नेशनल प्याब्सन केन्द्रिय अध्यक्ष रितुराज सापकोटाले जानकारी दिएका छन।

नेशनल प्याब्सन काठमाडौका अध्यक्ष खडक बस्नेतका अनुसार सो  भर्चुअल तालिममा जेसिजका अन्तर्राष्ट्रिय ट्रेनर तथा नेपाल जेसिजका पुर्ब कार्यकारिणी उपध्यक्ष तथा संस्कार  एकेडेमी तालिम केन्द्रका सस्थापक राजाबाबू शाहले सहजीकरण गर्ने छन।

नेपाल जेसिज मार्फत नेपालका १८ बर्षदेखी ४० बर्ष सम्मका एक लाख भन्दा माथीको संख्यामा युबाहरुलाई तालिम दिएका शाह    बैंक , बित्तीय सस्था, उधोग -ब्यापार,शैक्षिक क्षेत्र र समाजका विभिन्न क्षेत्रमा परिचित छन ।

तालिमका  संयोजक  नेशनल प्याब्सन काठमाडौ जिल्ला समिति उपाध्यक्ष  मनोज (होम बहादुर) अधिकारीले  जेठ महिनामा भर्चुअल तालिम मार्फत नेपाली, अंग्रेज़ी,गणित, बिज्ञान ,पुर्ब प्राथमिक तहको ग्रेड टिचर तालिम निरन्तर संचालन गदै सातौं शृङ्खलामा नेपाल भरीका २१०० जना शिक्षकशिक्षिकाहरुलाई लाभान्वित भएको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।