शंखरापुर नगरपालिकामा ३६० जना कोरोना संक्रमित पुग्दा २६० जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं ,जेठ २५ ।शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ २४ गते सम्ममा १५८जना महिला र २०२ जना पुरुष गरि कुल ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ३५ जना महिला र ४८ जना पुरुष गरि ८३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ११जना पुरुष र ६ जना महिला गरि १७जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ११७ जना महिला र १४३ जना पुरुष गरि २६० जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म ३१ जना महिला र ४५ जना पुरुष गरि कुल ७६ जना होम आइसोलेसनमा रहेका छन भने ४ जना महिला र ३ जना पुरुष गरि कुल ७ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?
वडा नं १ मा ८ महिला र २०पुरुष गरि कुल २८ जना
वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना
वडा नं३ मा १५ जना महिला र २५ जना पुरुष गरि कुल ४० जना
वडा नं ४ मा १७ जना महिला र १५ जना पुरुष गरि कुल ३२ जना
वडा नं ५ मा ११ जना महिला र १४ जना पुरुष गरि कुल २५ जना
वडा नं ६ मा ३९ जना महिला र ३९ जना पुरुष गरि कुल ७८ जना
वडा नं ७ मा २१जना महिला र २५जना पुरुष गरि कुल ४६जना
वडा नं ८ मा १३ जना महिला र १८ जना पुरुष गरि कुल ३१ जना
वडा नं ९ मा १४ जना महिला र २४ जना पुरुष गरि कुल ३८ जना त्यसै गरि अन्यमा १० जना महिला र ११ जना पुरुष गरि कुल २१ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ७८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।