नागार्जुन नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित ?

नागार्जुन नगरपालिकाका कुन वडामा कति कोरोना  संक्रमित ?

कपन अनलाइन

काठमाडौं,जेठ २५। नागार्जुन नगरपालिकामा २०७८ जेठ २४ गते सम्ममा १४९६ जना पुरुष र  १२०० जना महिला गरि कुल  २६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये १०२१ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ४३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १५८१ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५१ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १६३२ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २६८जना पुरुष र २२४ जना महिला गरि ४९२ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १६३ जना पुरुष र  १५६ जना महिला गरि ३१९ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा १२३  जना पुरुष र ६६ जना महिला गरि १८९ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा ३२८  जना पुरुष र २९० जना महिला गरि ६१८  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ११८ जना पुरुष र ९८ जना महिला गरि २१६  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १७९ जना पुरुष र १४९ जना महिला गरि ३२८ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७४ जना पुरुष र ५५ जना महिला गरि  १२९ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  २९ जना पुरुष र २९ जना महिला गरि ५८  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   ९७ जना पुरुष र ५६ जना महिला गरि १५३ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ११७ जना पुरुष र ७७ जना महिला गरि  १९४ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।