प्रधानमन्त्री कोईरालाले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कोईरालाले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं,८ माघ । संविधान जारी गर्न नसक्नुको कारणबारे आज प्रधानमन्त्री शुसिल कोईरालाले सम्बोधन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । संविधानसभा सुरु गर्दा दलहरुले आज संविधान जारी गर्ने प्रीतबद्धता जनाएका थिए तर दलहरुबीच संविधानका अन्तरबस्तुमा सहमति हुन नसक्दा सो सम्भावना टरेको छ । संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमाथिको विवादका कारण आजको सम्भावना समाप्त भएको छ । प्रधानमन्त्री कोईरलालाले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भने अब के गर्ने भन्ने विषयमा दलहरुले नै सहमति जुटाउनुपर्ने बताउँदै आएका छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा प्रश्नावली बनाउन समिति गठन गर्ने प्रस्तावलाई संविधानसभाका अध्यक्षले बिहिबार अन्तिम टुङगो लगाउनुपर्ने माग गरेका छन्।
विपक्षी मोर्चाले त्यस्तो गर्न खोजिए आफूहरुले गर्दै आएको अवरोधलाई जारी राख्ने निर्णय गरेका छन्। निरन्तर सहमतिको पहल गरेको बताउँदै आएका सत्तापक्षीय र विपक्षी दलहरु दोस्रो संविधानसभाको एक वर्षे समयसीमाको अन्तिम समयमा भने दुई कित्तामा बाँडिएका छन्।
माघ ८ गतेको पूर्वसन्ध्यामा बुधबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्ने नयाँ मिति जनतासामु प्रस्तुत गर्न दलहरुलाई आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।