जोरपाटी चोकमा आकाशे पुल निर्माण हुने
कपन अनलाइन
काठमाडौं, जेठ २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोकमा आकाशे पुल निर्माण हुने भएको छ ।करिब तीन करोड अठहत्तर लाख पचासी हजार एकाउन्न रुपैया साठी पैसाको लागतमा आकाशे पुल निर्माण गर्न गोकर्णेश्वोर नगरपालिका र ASHISH- MOUNT PUMORI JV कम्पनिका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
जोरपाटि चोकमा सवारी साधनको चाप बढ्न थालेपछि बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको नगर प्रमुख सन्तोष चालिसेले कपन अनलाइनलाइ जानकारी दिएका छन । ‘आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको उनले बताएका छन ।आकाशे पुल निर्माण भएपछि सडकमा जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बिश्वासका साथ आकाशे पुल निर्माण गर्न लागिएको उनले जानकारी गराए ।