पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप ३४ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं, जेठ २५ । पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १८७१ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ २४ गते सम्ममा १८७१ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये ९२७ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन।उनले कुल संक्रमित मध्ये ८९९जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हाल सम्म नगरपालिकाका ४५ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । उनले हाल होम आइसोलेसनमा ८७२ जना रहेको जानकारी गराउदै मुलपानी नगर अस्पतालमा नया २७ जना कोरोना संक्रमित भर्ना भएको जानकारी गराएका छन।
नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेका छन ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?
१) कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ३२ जना महिला – १६ जना ।
२) कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – २६ जना महिला – ८ जना ।
३) कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – २० जना महिला – १४ जना ।
४) कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – ४२ जना महिला – २९ जना ।
५) कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ७८ जना महिला- ८४ जना ।
६) कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १३८ जना महिला- १११ जना ।
७) कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १७८ जना महिला- १५९ जना
८) कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ९८ जना महिला ८७ जना ।
९) कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष ३७१ जना महिला ३८० जना रहेको उल्लेख गरेका छन ।
त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष ३७१ जना र महिला ३८० जना गरि कुल ७५१ जनामा कोरोना पोजेटिभ देखीएको छ।