शंखरापुर नगरपालिकाका यी स्थान बाट कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो डोज लगाइने

शंखरापुर नगरपालिकाका यी स्थान बाट कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो डोज लगाइने

कपन अनलाइन

काठमाडौं, जेठ २५ ।  शंखरापुर नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ।  नगर प्रमुख  सुवर्ण श्रेष्ठले जारी गरेको उक्त सुचनामा  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी गरिएको सुचना अनुसार कोभिड १९ बिरुद्दको खोप (चाइनिज भेरोसेल पहिलो डोज) अभियान जन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुने गरि ६० देखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई २०७८ साल जेठ २५ गते देखि  २०७८ साल जेठ ३० गते सम्म लगाइने भएकोले शंखरापुर  नगरपालिका अन्तरगत निम्न मिति समय र  खोप केन्द्रमा पहिलो मात्रा खोप लगाउन जान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै खोप केन्द्रमा जाँदा उमेर खुल्ने  परिचय पत्र नागरिकता वा वडा कार्यलयको सिफारिसका साथै  जान अनुरोध गरिएको छ ।

खोप केन्द्रहरु

१) शंखरापुर नगर अस्पताल इन्द्रायणी

२) लप्से फेदी स्वास्थ्य चौकी जहरसिंहपौवा

३) साँखु स्वास्थ्य चौकी वडा नं ७

थप जानकारीको लागि सम्पर्क ब्यक्ति

१) बिष्णु प्रसाद चापागाई: ९८५१२२९९०४

२) डा. मन्दाकिनी श्रेष्ठ: ९८५११४५९२०

३) अरुण कुमार गिरि: ९८४१३४०७४४

४) अनिता भट्टराई: ९८४३०१८५०६  

तपाइँको प्रतिक्रिया ।