दक्षिणकालिमा कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो डोज लगाउन कुन वडाका कहाँ जाने ?
कपन अनलाइन
काठमाडौं जेठ २४ । दक्षिणकाली नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। दिपक कुमार केसीले जेठ २३ गते जारी गरेको उक्त सुचनामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी गरिएको सुचना अनुसार कोभिड १९ बिरुद्दको खोप (चाइनिज भेरोसेल पहिलो डोज) अभियान जन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुने गरि ६० देखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई २०७८ साल जेठ २५ गते देखि २०७८ साल जेठ ३० गते सम्म लगाइने भएकोले दक्षिणकाली नगरपालिका अन्तरगत निम्न मिति समय र खोप केन्द्रमा पहिलो मात्रा खोप लगाउन जान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै खोप केन्द्रमा जाँदा उमेर खुल्ने परिचय पत्र नागरिकता वा वडा कार्यलयको सिफारिसका साथै जान अनुरोध गरिएको छ ।
कुन वडाका ब्यक्ति खोप लगाउन कहाँ र कहिले जाने ?
वडा नं खोप केन्द्र मिति समय
१ शेष नारायण स्वास्थ्य चौकी जेठ २५ गते बिहान ११ बजे देखि ४ बजे सम्म
२ र ४ शेष नारायण स्वास्थ्य चौकी जेठ २६ गते बिहान ११ बजे देखि ४ बजे सम्म
३ र ५ शेष नारायण स्वास्थ्य चौकी जेठ २७ गते बिहान ११ देखि ४ बजे सम्म
६ र ७ शेष नारायण स्वास्थ्य चौकी जेठ २८ बिहान ११ बजे देखि ४ बजे सम्म
८ शेष नारायण स्वास्थ्य चौकी जेठ २९ बिहान ११ बजे देखि ४ बजे सम्म
९ र छुट भएका शेष नारायण स्वास्थ्य चौकी जेठ ३० बिहान ११ बजे देखि ४ बजे सम्म
उल्लेख गरिएको छ ।