नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या २,६४२ पुग्यो ,कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, जेठ २४। नागार्जुन नगरपालिकामा २०७८ जेठ २२ गते सम्ममा १४६७ जना पुरुष र ११७५ जना महिला गरि कुल २६४२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ९५५ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ३८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १५९८ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५१ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १६४९ जना रहेको समेत उल्लेख गरिएको छ।
नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?
नागार्जुन नगरपालिका वडा नं १ मा २६६जना पुरुष र २२१ जना महिला गरि ४८७ जना
नागार्जुन नगरपालिका वडा नं २ मा १५९ जना पुरुष र १५४ जना महिला गरि ३१३ जना
नागार्जुन नगरपालिका वडा नं ३ मा १२१ जना पुरुष र ६५ जना महिला गरि १८६ जना
नागार्जुन नगरपालिका वडा नं ४ मा ३१७ जना पुरुष र २८१ जना महिला गरि ५९८ जना
नागार्जुन नगरपालिका वडा नं ५ मा ११९ जना पुरुष र ९८ जना महिला गरि २१७ जना
नागार्जुन नगरपालिका वडा नं ६ मा १७६ जना पुरुष र १४४ जना महिला गरि ३२० जना
नागार्जुन नगरपालिका वडा नं ७ मा ७२ जना पुरुष र ५४ जना महिला गरि १२६ जना
नागार्जुन नगरपालिका वडा नं ८ मा २९ जना पुरुष र २९ जना महिला गरि ५८ जना
नागार्जुन नगरपालिका वडा नं ९ मा ९२ जना पुरुष र ५५ जना महिला गरि १४७ जना
नागार्जुन नगरपालिका वडा नं १० मा ११६ जना पुरुष र ७४ जना महिला गरि १९० जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरेको छ ।