कागेश्वरी मनोहरा नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवन तथा कान्ती भैरब मा बी को अनुगमनमा नगर प्रमुख

कागेश्वरी मनोहरा नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवन तथा कान्ती भैरब मा बी को अनुगमनमा नगर प्रमुख

कपन अनलाइन

काठमाडौं, जेठ २३। कागेश्वरी मनोहरा नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवन तथा कान्ती भैरब माध्यामिक बिध्यालयको नगर प्रमुख सहितको टोलीले अनुगमन गरिएको छ।  कागेश्वरी मनोहरा नगरपालिकाको सो प्रशासकीय भवन निर्माणका लागि गत २०७७ मंसिर ३ गते जिल्ला समन्वय समिति काठमाडौं र कागेश्वरी मनोहरा नगरपालिका बीच सम्झौता भएको थियो ।

नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने बताउदै नगर प्रमुख थापाले नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कामहरुलाई अझ बढि सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । कूल ३५ करोडको लागतमा निर्माण भैरहेको सो भवनको निर्माण कार्य जतिसक्यो छिटो सम्पन्न गर्नका लागि आफूले नियमित रुपमा अनुगमन गर्ने गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् ।

त्यसै गरि भारत सरकारको  अनुदान सहयोगमा पुनर्निर्माण  भईरहेको कान्ति भैरब माविको समेत आज अनुगमन गरिएको छ कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण भइरहेको नमुना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुने लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय भएको पुनर्निमार्ण प्राधिकरणले जनाएको छ । भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको यस पाँचतले नमुना विद्यालयमा कूल ६० वटा कोठा हुने जनाइएको छ । त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा व्याडमिन्टन कोर्ट र दुइटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्चको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुने जनाइएको छ ।

भूकम्पपश्चात् शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (रुरकी) रहेको छ । कोरोना कहरको बिचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई निर्माणको काम चलिरहेको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।