कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या १८३७ पुग्यो कुन वडामा कति संक्रमित ?

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या १८३७ पुग्यो कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ, जेठ २३ । पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप ५४  जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १८३७ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ २३ गते सम्ममा १८३७ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये८८१ जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन ।उनले कुल संक्रमित मध्ये ९१३जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै  हाल  सम्म नगरपालिकाका ४३ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । उनले हाल होम आइसोलेसनमा  ८८९  जना रहेको जानकारी गराउदै  मुलपानी नगर अस्पतालमा  नया २४ जना कोरोना संक्रमित भर्ना भएको जानकारी गराएका छन।

नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा सही तरिकाले  मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न नगरबासीहरुलाई  अनुरोध गरेका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – ३१ जना महिला – १६ जना ।

२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – २५ जना महिला – ७ जना ।

३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – २० जना महिला – १४ जना ।

४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – ४० जना महिला – २६ जना ।

५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ७८ जना महिला- ८४ जना ।

६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- १३५ जना महिला- ११० जना ।

७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- १७१ जना महिला- १५५ जना

८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ९७ जना महिला ८७ जना ।

९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष ३६७ जना महिला ३७४ जना ।त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष ३६७ जना   र महिला ३७४ जना गरि  कुल ७४१ जनामा कोरोना पोजेटिभ देखीएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।