नागार्जुन नगरपालिकाका यी स्थान बाट कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो डोज लगाइने
कपन अनलाइन
काठमाडौं जेठ २३। नागार्जुन नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रमुख मोहन बहादुर बस्नेतले जेठ २१ गते जारि गरेको उक्त सुचनामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी गरिएको सुचना अनुसार कोभिड १९ बिरुद्दको खोप (चाइनिज भेरोसेल पहिलो डोज) अभियान जन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुने गरि ६० देखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई २०७८ साल जेठ २५ गते देखि २०७८ साल जेठ २९ गते सम्म लगाइने भएकोले नागार्जुन नगरपालिका अन्तरगत निम्न खोप केन्द्रमा पहिलो मात्रा खोप लगाउन जान सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
खोप केन्द्र खोप लगाउने समय
१) नाम्ग्याल स्कुल वडा नं २ बिहान १० बजे देखि ४ बजे सम्म
२ इलाईट मेमोरियल बोर्डिंग स्कुल (पुरानो एस.एस बि) वडा नं ५ बिहान १० बजे देखि ४ बजे सम्म
३) रत्नराज्य मा बी वडा नं ७ बिहान १० बजे देखि ४ बजे सम्म
४) स्यूचाटार स्वास्थ्य चौकी वडा नं १० बिहान १० बजे देखि ४ बजे सम्म रहेको उल्लेख गरिएको छ।