तारकेश्वर नगरपालिकाको भेरोसेल खोपको पहिलो डोज लगाउने बारे अत्यन्तै जरुरी सुचना
कपन अनलाइन
काठमाडौं, जेठ २१। तारकेश्वर नगरपालिकाले भेरोसेल खोपको पहिलो डोज लगाउने बारे अत्यन्तै जरुरी सुचना जारी गरेको छ। नगरपालिकाका स्वास्थ्य प्रमुख बिनोद कुमार शाहले जारि गरेको उक्त सुचनामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचना बमोजिम २०७८ साल जेठ २५ गते देखि ३० गते सम्म तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने ६० वर्ष देखि ६४ वर्ष उमेर समुहका ब्यक्तिहरुलाई भेरोसिल खोपको पहिलो डोज लगाइने भएको हुँदा आफ्नो उमेर खुल्ने परिचय पत्र ,नागरिकता वा वडा कार्यालयको सिफारिस साथ् आफुलाई पायक पर्ने निम्न स्थानमा उपस्थित हुनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
भेरोसेल खोपको पहिलो डोज लगाइने स्थानहरु :
१) धर्मस्थली स्वास्थ्य चौकी, तारकेश्वर नगरपालिका वडा नं ६
२) मन मैजु स्वास्थ्य चौकी, तारकेश्वर नगरपालिका वडा नं ८
तपाइँको प्रतिक्रिया ।