कागेश्वरी मनोहरा नगरपालिकाको भेरोसेल खोपको पहिलो डोज लगाउने बारे अत्यन्तै जरुरी सुचना

कागेश्वरी मनोहरा नगरपालिकाको भेरोसेल खोपको पहिलो डोज लगाउने बारे अत्यन्तै जरुरी सुचना

कपन अनलाइन

काठमाडौँ, जेठ २१।  कागेश्वरी  मनोहरा नगरपालिकाले भेरोसेल खोपको पहिलो डोज लगाउने बारे अत्यन्तै जरुरि सुचना जारी गरेको छ। नगर प्रवक्ता राजाराम पुडासैनीले जारी गरेको उक्त सुचना नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारि सुचना बमोजिम २०७८ साल जेठ २५ गते देखि  २९ गते सम्म बिहान १० बजे देखि बेलुका ४ बजे सम्म नगरपालिका भित्र बसोबास गर्ने ६० वर्ष उमेर समुहका ब्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हुँदा आफ्नो उमेर खुल्ने परिचय पत्र, नागरिकता वा वडा कार्यालयको सिफारिस साथ् आफुलाई पायक पर्ने निम्न स्थानमा जानको लागि अनुरोध गरिएको छ ।

भेरोसेल खोपको पहिलो डोज लगाइने स्थान

१ आलापोट स्वास्थ्य चौकी वडा नं २

२) मुलपानी नगर अस्पताल वडा नं ६

३) गोठाटार स्वास्थ्य चौकी वडा नं ९ रहेको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।