लायन्समा चुनावी माहोल तात्यो : समर्थकको नारा “अब एक चोटी ,आइडीमा बालकृष्ण बुर्लाकोटी”

लायन्समा चुनावी माहोल तात्यो : समर्थकको नारा “अब एक चोटी ,आइडीमा बालकृष्ण बुर्लाकोटी”

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २०।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टर पदका लागि कडा प्रतिस्पर्धा देखिएको छ।

इन्टरनेशनल डाइरेक्टरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५  ए १ बाट लायन खगेन्द्र सिटौला र लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट बालकृष्ण बुर्लाकोटी प्रतिस्पर्धामा उत्रेका छन।

निर्वाचनको अन्तिम दिन दुवै पक्षका समर्थकहरु अन्तिम आक्रामक प्रचारको अभियानमा रहेका छन। अहिले सामाजिक संजालका भित्ताहरु भोट अपिलका नाराले भरिएका छन।

यसै क्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट  प्रतिस्पर्धामा उत्रिएका बालकृष्ण बुर्लाकोटीक समर्थकहरुले ” अब एक चोटी ,आइडीमा बालकृष्ण बुर्लाकोटी” भन्ने नारालाई जोद्तोड़ ले प्रचार गरिरहेका छन।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ए १ मा ६०१,ए २ मा ४६१ ,बि १ मा ११६८ र  बि २ मा ७४७ मतदाता रहेका छन।

तपाइँको प्रतिक्रिया ।