बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमित संख्या घट्यो ,आज ३८ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमित संख्यामा केहि ओरालो लागेको छ।  आज ३८ जनामा कोरोना संक्रमण देखिएको छ। गत २४ घण्टामा १७ जना महिला र २१ जना पुरुष गरि कुल ३८ जनामा संक्रमण पुष्टि भएको हो। आजको थपिएका संक्रमित सहित नगरपालिकामा कुल संक्रमित संख्या २,०८९ पुगेको छ।

गत २४ घण्टामा १३ जना कोरोनामुक्त भएका छन् जसमा ७ जना महिला र ६ जना पुरुष रहेका छन्। हालसम्म नगरपालिकामा १,६४० जना कोरोना मुक्त भइसकेका छन् जसमा ७८८ महिला र ८५२ पुरुष रहेका छन्। सालसम्मको तथ्याङ्क अनुसार हालसम्म कोरोनामुक्त हुने दर ७८.८१ प्रतिशत पुगेको छ।

यसरी हाल नगरपालिकामा ४२३ जना सक्रिय संक्रमित रहेका छन् जसमा १९६ जना महिला र २२७ जना पुरुष रहेका छन्।

सक्रिय रहेका संक्रमित मध्ये ३९५ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् जसमध्ये १७९ महिला र २१६ जना पुरुष रहेका छन्। त्यस्तै १७ जना महिला र ११ जना पुरुष गरि कुल २८ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत रहेका छन्।

नगरपालिकामा संक्रमणबाट पछोल्लो २४ घण्टामा थप एकको मृत्यु भएको छ। वडा नं ११ का एक ४३ वर्षिया एक महिलाको उपचारका क्रममा करुणा अस्पतालमा जेष।ठ १६ गतेको मृत्यु भएको हो।  ्यो सँगै हालसम्मको मृत्यु हुने संख्या कुल १८ पुगेको छ।हालसम्म नगरपालिकामा मृत्यु दर ०.८६ प्रतिशत पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नगरपालिकाका ११५ जनाको कोभिड १९ एन्टिजेन परिक्षण गरिएको छ जसमा ४६ महिला र ६९ जना पुरुष रहेका छन्। परिक्षण गरिएका मध्ये ५ जना महिलाको नतिजा पोजिटिभ आएको छ। हालसम्म नगरपालिकामा १९६४ जनाको एन्टिजेन परिक्षण भइसकेका छन् जसमध्ये ४४६ जनाको नतिजा पोजिटिभ रहेको छ।

 वडागत विवरण :

वडा नं १:  चारजना महिला र एक पुरुष

वडा नं २:  एक महिला

वडा नं ३:  एक महिला र  सातजना पुरुष

वडा नं ४:  एक महिला र  तीनजना पुरुष

वडा नं ५:  एक महिला

वडा नं ७:  दुईजना महिला

वडा नं ८:  एक महिला र  एक पुरुष

वडा नं ९:  तीनजना महिला र  दुईजना पुरुष

वडा नं १०:  दुईजना पुरुष

वडा नं ११:  एक महिला र  तीनजना पुरुष

वडा नं १२:  एक बालिका र  एक पुरुष

वडा नं १३:  एक महिला र  एक पुरुष

तपाइँको प्रतिक्रिया ।