नेताहरूले जनताअघि गरेका प्रतिबद्धता बिर्से ः रेग्मी

नेताहरूले जनताअघि गरेका प्रतिबद्धता बिर्से ः रेग्मी

कपनअनलाइन , माघ -४ / अन्तरिम मन्त्रीमण्डलका पूर्व अध्यक्ष खिलराज रेग्मीले दलहरूले संविधान र संविधानसभालाई सतही रुपमा हेर्दा तोकिएको मितिमा संविधान जारी हुन नसकेको बताएका छन् ।

download

आइतबार भैरहवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले पार्टीगत स्वार्थमा अल्मलिएर दलहरूले जनतासामु गरेको प्रतिबद्धता भुलेको बताएका थिए । कार्यक्रममा बोल्दै उनले जनतालाई दिएको आश्वासन पूरा गर्न नसक्दा जनताले राजनीतिक दलहरूलाई हेर्ने दृष्टि बदलिएकोतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

संविधान निर्माण गर्न पठाएका राजनीतिज्ञहरू दलीय स्वार्थभन्दा माथि उठ्न नसक्नाले माघ ८ मा संविधान जारी हुन नसक्ने अवस्था आएको भन्दै रेग्मीले घाइते र सहिदको सपनमा पूरा गर्ने दलहरूको प्रतिबद्धता यही हो त ? भन्ने प्रश्न गरेका थिए ।

आफैँले थपेको अवधिमा संविधान दिन नसकेमा दलहरू स्वतः असफल साबित हुने भन्दै उनले दलहरूलाई आफ्नो स्वार्थभन्दा माथि उठेर घाइते एवं शहिद परिवारको मर्मलाई बुझेर अघि बढ्न सुझाव दिए ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीस समेत रहेको रेग्मीले दलहरूको खिचातानी र किचलोले देशको समग्र राजनीतिलाई नै गलत साबित गरेको बताएका थिए । उनले दलीय स्वार्थ र भागबण्डामा राजनीतिक दलहरू लिन हुँदा जनताको राजनीतिप्रतिको चासो एवं झुकाव दिनप्रतिदिन घट्दै गएको सङ्केत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।