समग्र खेलकुद क्षेत्रलाई उत्साहित बनाउने बजेट आएको छ : नेपाल खेलकुद महासंघ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

नेपाल खेलकुद महासंघले आव २०७८/७९ का लागि ल्याएको बजेट खेलकुद क्षेत्रमा ईतिहासमै पहिलोपटक  यर्थाथपरक,अग्रगामी तथा गतिशिल नीति कार्यक्रम समावेश भएको धारणा सार्वजनिक गरेको छ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरि महासंघका अध्यक्ष रमेस पौडेलले यो  बजेटले समग्रमा खेल ,खेलाडी ,पुर्व खेलाडी सहित समग्र खेलकुद  जगतलाई उत्साहित बनाएको उल्लेख उल्लेख गरेका छन।

बजेट निर्माणको क्रममा महासंघले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बुझाएका सुझावलाई बजेटमा समावेस गरेकोमा धन्यवाद दिदै बिज्ञप्तिमा पौडेलले खेलकुद विश्वविद्यालय स्थापना गर्ने घोषणाले खेलकुद क्षेत्रको लामो समय देखिको माग संवोधन भएको भन्दै खुसी व्यक्त गरेका छन।

हेर्नुहोस बिज्ञप्ति :

 

तपाइँको प्रतिक्रिया ।