ओखलढुंगा जिल्लाका कुन स्थानीय तहले कति बजेट पाए ?

ओखलढुंगा जिल्लाका कुन स्थानीय तहले कति बजेट पाए ?

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १८।

ओखलढुंगा जिल्लाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा  झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माधयमबाट तल्लो सरकारमा जाने भएको छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ ।

यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ । यसरी पाउने अनुदानमा ओखलढुंगाका ८ स्थानीय तह पनि छन् ।

कुन  स्थानीय तहमा कति बजेट ?

१.सिद्धिचरण नगरपालिका : ४६ कराेड ६ लाख

२.खिजीदेम्वा गाउँपालिका : २८ कराेड ४४ लाख

३. चिशंखुगढी गाउँपालिका : ३१ कराेड १५ लाख

४.लिखु गाउँपालिका :  ३० कराेड ६० लाख

५.माेलुङ गाउँपालिका :  ३३ कराेड ५९ लाख

६.मानेभञ्याङ गाउँपालिका :  ३५ कराेड ५ लाख

७.सुनकाेसी गाउँपालिका :  २९ कराेड ५२ लाख

८.चम्पादेवी गाउँपालिका  ३० कराेड ४६ लाख

 

तपाइँको प्रतिक्रिया ।