लायन्स क्लब टि कपनका अध्यक्षले रिमा सेवा घरका आमाबुबा संग जन्मदिन मनाए

लायन्स क्लब टि कपनका अध्यक्षले रिमा सेवा घरका आमाबुबा संग  जन्मदिन मनाए

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

लायन्स क्लब अफ काठमाडौं टि कपनका अध्यक्ष सुरेन्द्र दियालीले आफ्नो जन्मदिन असहाय दीनदु:खीहरु संग मनाएका छन्।टि कपनका संस्थापक अध्यक्ष, डिष्ट्रिकट पिआरओ सबिन पन्त ‘पृथक’ को अनुरोधमा बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गोल्फुटारस्थित रिमा सेवा समाजमा रहेका ४० जना बेसाहरा जेष्ठ नागरिक र बालबालिकाहरुलाई एक महिनाको लागि खाद्यान्न प्रदान गरेर अध्यक्ष दियालीले आफ्नो ३४औं जन्मदिन मनाएका हुन।

जसमा चामल १२५ केजी, दाल २५ केजी, चिउरा २५ केजी , तेल १० लिटर र चाउचाउ १ कार्टुन रहेको थियो।

यसअघि पनि उनले लायन्स क्लबबाट महिलाहरुको उत्थान र विकासका लागि कर्मशिल महिला अभियान नेपाललाई करिब २० हजार भन्दा बढीको फर्निचरलगायतका सामाग्री, आफुले अध्ययन गरेको धरानस्थित विद्यालय सरस्वती आधारभूत विद्यालयलाई करिब १ लाख बराबरको खेलकुदका सामाग्री प्रदान गरिसकेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष दियालीले रिमा सेवा समाजमा आश्रय लिएर बसेका दीनदु:खीहरुको निम्ति खाद्यान्न प्रदान गरेर आफ्नो जन्मदिन मनाउने अवसर जुटाईदिएकोमा क्लबका संस्थापक अध्यक्ष सबिन पन्त प्रति आभार व्यक्त गरेका थिए।

अहिलेको परिस्थितिमा आफ्नो ज्यान पाल्न मान्छेलाई मुस्किल परिरहेको अवस्थामा पनि रिमा सेवा घरमा यति धेरै आमाबुबा लगायत बालबालिकाको पूर्ण रूपमा पालन पोषण गर्नु अत्यन्तै महान कार्य रहेको बताउँदै उनले सेवा घरकी संचालिका रिमा सापकोटालाई धन्यवाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।