Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/189625419_4039141429504821_1697083753321089090_n-1024x577.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौँ होराइजन द्वारा प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं जेठ १५। कोरोना कहरको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिराखेको अबस्थामा अग्रपन्तिमा रहेर सुरक्षा दिने महानगरिय  प्रहरी  प्रभाग कपन लाइ   स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं होराइजनको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं कपन, लायन्स क्लब अफ काठमाडौं मनास्लु, लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज सहआयोजक रही बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र बालकुमारी टोल सुधार समितिको समन्वयमा   महानगरीय प्रहरी प्रभाग  कपनलाइ  सेनिटाइजर, माक्स लगायतको  स्वास्थ्य सुरक्षा सामग्री बितरण गर्नुको साथै निषेधाज्ञाको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न वर्गहरुलाई खाद्यान्न सहयोग  सहयोग गरेको लायन्स क्लब अफ काठमाडौं होराइजनका लायन सरोज धितालले कपन अनलाइनलाइ जानकारी गराए।

  कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा रातदिन  नभनी  डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्न र उनीहरुको मनोबल बढाउन सानो भए पनि सहयोग गरेको जानकारी गराए ।उक्त कार्यक्रममा लायन्स सदस्यहरुको साथै बुढानिलकण्ठ नगरपालिका वडा नं १२का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।