बुढानिलकण्ठको बिएमसिए आइसोलेसन केन्द्रबाट हालसम्म ४० नगरवासी लाभान्वित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५।

बुढानिलकण्ठको बिएमसिए आइसोलेसन केन्द्रबाट हालसम्म ४० नगरवासी लाभान्वित भएका छन।

निकै शान्त र स्वस्थ वातावरण सहितको स्थानमा  हाल २५ बेड क्षेमतामा संचालन भैरहेको सो केन्द्रमा कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि आवस्यक अक्सिजन र औसधि सहित  दक्ष स्वास्थ्यकर्मीहरु नगरवासीको सेवामा रहेका छन।

सो केन्द्र बाट हाल सम्म २४ जना कोरोना जितेर फर्किएका छन भने २ जनालाई अस्पताल सिफारिस गरिएको छ। त्यस्तै अहिले तत्काल सो केन्द्रमा १४ जना संक्रमितहरु स्वास्थ्य लाभ गरिरहेका छन।

तपाइँको प्रतिक्रिया ।