निषेधाज्ञाको १५ औ दिन सम्म निरन्तर भोकालाई भोजन गराउदै मनकारी युवाहरु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १५।
सामाजिक सेवामा सक्रिय रहेको संस्था सामाजिक जागरण अभियान नेपाल (SAMIN) र यसका सहयोगीहरुको पहलमा शुरु भएको कोभिड -१९ विरुद्ध सतर्कता तथा राहत वितरण अभियानले निषेधाज्ञाको १५ दिन सम्म निरन्तर भोको पेट रहेकाहरुलाई निशुल्क भोजन गराउने सत्कर्ममा सक्रिय रहेका छन।
१५ दिन अगाडी शुरु भएको सो अभियानमा एक पछी अर्को सहयोगी हातहरु पाएर उत्साहित बनेका ति युवाहरुले काठमाण्डौका विभिन्न स्थानमा दैनिक १२० जना भन्दा बढी महानुभावहरुलाई ताजा खाना ,पानी ,मास्क र स्यानीटाईजर उपलव्ध गाराउदै आएका छन।
जोरपाटी बाट शुरु भएको अभियान चुच्चेपाटी ,बौद्ध , पशुपति गौरीघाट ,सिफल ,नक्साल भगवती हुदै रत्नपार्क क्षेत्र ,भद्रकाली ,स्वयम्भु,सोह्रखुट्टे ,महाराज गंज हुदै बुढानिलकण्ठ सम्म पुगेको अभियानका संयोजक सुबिन चालिसेले बताएका छन।
अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको सामिनको कार्यालयमा खाना तयार पारेर ६ जना चालक र ६ जना स्वयंसेवक सहित १२ जनाले विभिन्न क्षेत्रमा रहेका ब्यक्तिहरुलाई भोजन वितरण गर्दै आएका छन।
नियमित आम्दानी नभएका,दैनिक ज्याला मजदुरी गर्ने,अशक्त र असहाय व्यक्तिहरुलाई महामारीको समयमा गरेको सहयोगले स्वयंसेवकहरुलाई निकै ठुलो सन्तुस्टी मिलेको बताउदै संयोजक चालिसेले अभियानका सहयोगी सबैलाई धन्यवाद दिएका छन।