गोकर्णेश्वर नगरपालिकामा हालसम्म ५९७ जना सक्रिय संक्रमित सतर्क रही स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध

गोकर्णेश्वर नगरपालिकामा हालसम्म ५९७ जना सक्रिय संक्रमित सतर्क रही स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न अनुरोध

कपन अनलाइन

काठमाडौं, जेठ १५। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १४ गते सम्ममा १०८० जना पुरुष र ९४२   जना महिला गरि कुल २ हजार २२  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये  ७६७ जना पुरुष र  ६२२   जना महिला गरि कुल १३८९ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  २२ जना पुरुष र १४ जना महिला गरि कुल ३६ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २९१ जना पुरुष र ३०६ जना महिला गरि कुल ५९७ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म ११जना पुरुष र १८ जना महिला गरि कुल २९जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २८० जना पुरुष र २८८ जना महिला गरि कुल ५६८ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा  ३८४  जना पुरुष र ४६४  जना महिला गरि कुल ८४८ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ६८ जना पुरुष र ९२ जना महिला गरि १६० जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २२१७ जना पुरुष र १९९० जना महिला गरि कुल ४२०७ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।