उपत्यकामा आज बाट निषेधाज्ञामा थप कडाई ,आपतकालीन सेवाका लागि कहाँ सम्पर्क गर्ने ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४।
काठमाडौं उपत्यकामा आज १४ गतेदेखि २० गतेसम्म निषेधाज्ञा थप कडा पारिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाको जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्।
यस अवधिमा डिपार्टमेन्टल स्टोर पनि बन्द गरिनेछ । दिनदिनै मानिसहरूले दाल चामल किन्न जाने भनेर भीडभाड गरेको हुँदा एक हप्ता किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेको हो ।
यसअवधिमा माछा-मासु, दूध, तरकारीलगायतका पसल भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ। निषेधाज्ञाको समयमा खाद्यान्न किन्न परे काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।
खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।
सम्पर्क नम्बरहरु :
१.नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड :
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द- ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा- ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा- ९८५११२७८८
२.साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड :
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३