गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १९ सय ५० पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौँ, जेठ १४ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १३ गते सम्ममा १०४२ जना पुरुष र ९०८ जना महिला गरि कुल १९सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३५ जना पुरुष र २७ जना महिला गरि कुल ६२ जना
वडा नं २ मा ३८ जना पुरुष र ३६ जना महिला गरि कुल ७४ जना
वडा नं३ मा ५३ जना पुरुष र ३६ जना महिला गरि कुल ८९ जना
वडा नं ४ मा १५८ जना पुरुष र १४२ जना महिला गरि कुल ३०० जना
वडा नं ५ मा १९० जना पुरुष र १४६ जना महिला गरि ३३६ जना
वडा नं ६ मा २४४ जना पुरुष र २०८ जना महिला गरि ४५२ जना
वडा नं ७ मा ७३ जना पुरुष र ७४ जना महिला गरि कुल १४७ जना
वडा नं ८ मा २०० जना पुरुष र १८६ जना महिला गरि कुल ३८६ जना
वडा नं ९ मा ५१ जना पुरुष र ५३ जना महिला गरि कुल १०४ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ४५२ जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।