सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन पुल बगायो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

सुनकोसी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटरेबल पुल बगाएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका– २ नवलपुरघाट जोड्ने मोटरेबल पुल बिहीबार सुनकोसी नदीमा आएको बाढीले बगाएको हो ।

करिब २३ करोड लागतमा चुँदी कन्स्ट्रक्सन प्रा.लि. सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल दुई सय १० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो ।

बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ। नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको केवल ब्रिजको ढलान भत्किदा  अनुसार करिब ६ करोड बराबरको क्षति पुगेको  छ ।

 

तपाइँको प्रतिक्रिया ।