शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २९८ जना पुग्यो, वडा गत बिवरण सहित

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २९८ जना पुग्यो, वडा गत बिवरण सहित

कपन अनलाइन

काठमाडौँ, जेठ १४ । शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ १३ गते सम्ममा १३२ जना महिला र १६६ जना पुरुष गरि कुल २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६२ जना महिला र ९१जना पुरुष गरि १५३ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ७ जना पुरुष र ६ जना महिला गरि १३जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ६४ जना महिला र ६८ जना महिला गरि १३  जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ६० जना महिला र ८० जना पुरुष गरि कुल १४०  जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ११ जना पुरुष गरि कुल १३ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका  कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १६पुरुष गरि कुल २३ जना

वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना

वडा नं३ मा १४ जना महिला र २२ जना पुरुष गरि कुल ३६जना

वडा नं ४ मा १३ जना महिला र ११ जना पुरुष गरि कुल २४ जना

वडा नं ५ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना

वडा नं ६ मा ३६ जना महिला र २८ जना पुरुष गरि कुल ६४ जना

वडा नं ७ मा १८ जना महिला र २३जना पुरुष गरि कुल  ४१जना

वडा नं ८ मा ४ जना महिला र ९ जना पुरुष गरि कुल १३ जना

वडा नं ९ मा १४ जना महिला र २३ जना पुरुष गरि कुल ३७ जना त्यसै गरि अन्यमा ९ जना महिला र ११ जना पुरुष गरि कुल २० जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ६४ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।