प्रकृयामा जान माग गर्दै ४१३ जना सभासद्ले ज्ञापनपत्र बुझाए

प्रकृयामा जान माग गर्दै ४१३ जना सभासद्ले ज्ञापनपत्र बुझाए

पूर्व निर्धारित मिति माघ ८ मै संविधान जारी गर्न माग गर्दै ४१३ जना सभासद्ले सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । संविधान निर्माण प्रक्रिया र अन्तर्वस्तुका बारेमा तीव्र दलहरुबीच मतभेद चुलिएका बेला नेपाल कांग्रेस, नेकपा एमाले, राप्रपा, लगायत दलका चार सय १३ सभासद्हरुले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
download (1)

ज्ञापनपत्रमा सहमति नजुटे प्रकृयामा गएर तोकिएकै मितिमा संविधान जारी गर्ने वातावरण बनाउन सभाध्यक्षसँग माग गरिएको छ ।

सहमतिका नाममा विलम्म गर्ने र संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै ज्ञापन पत्र बुझाएको अभियानको नेतृत्वका गरेका प्रकाश ज्वालाले नेपालपाटी डटकमलाई जानकारी दिए । अभियानका तर्फबाट संविधानसभा सदस्य चित्रबहादुर केसीले सभाध्यक्षलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

यसैबीच शुक्रबार विहान १० बजेका लागि बोलाइएको संविधानसभाको बैठक भर्खरै सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया ।