शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २८५ जना पुग्यो, वडा गत बिवरण सहित
कपन अनलाइन
काठमाडौं, जेठ १३। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ १२ गते सम्ममा १२८ जना महिला र १५७ जना पुरुष गरि कुल २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६२ जना महिला र ८५जना पुरुष गरि १४७ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ७ जना पुरुष र ६ जना महिला गरि १३जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ६० जना महिला र ६५ जना महिला गरि १२५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म ६० जना महिला र ७४ जना पुरुष गरि कुल १३४ जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ११ जना पुरुष गरि कुल १३ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?
वडा नं १ मा ७ महिला र १६पुरुष गरि कुल २३ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा १४ जना महिला र २२ जना पुरुष गरि कुल ३६जना
वडा नं ४ मा १३ जना महिला र १० जना पुरुष गरि कुल २३ जना
वडा नं ५ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना
वडा नं ६ मा ३५ जना महिला र २४ जना पुरुष गरि कुल ५९ जना
वडा नं ७ मा १८ जना महिला र २१जना पुरुष गरि कुल ३९जना
वडा नं ८ मा ४ जना महिला र ९ जना पुरुष गरि कुल १३ जना
वडा नं ९ मा १४ जना महिला र २२ जना पुरुष गरि कुल ३६ जना त्यसै गरि अन्यमा ६ जना महिला र १० जना पुरुष गरि कुल १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ५९ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।