Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/188446939_907762136740278_530030015449624286_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/190142168_299158015030201_1303797951718195545_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/190878028_299158038363532_7940892022940447216_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

श्री जनकल्याण माबीमा काठमाडौं महानगरपालिका वडा नं ६ को आइसोलेसन केन्द्र शुरु

कपन अनलाइन

काठमाडौं ,जेठ १३ ।काठमाडौं महानगरपालिका वडा नं ६ मा  अक्सिजन सहित १० वेडको आइसोलेशन सेन्टर संचालनमा  आएको छ ।विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि बाग्मति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको समन्वय र कामपा वडा नं ६ कार्यालयको नेतृत्वमा आर्ट अफ लिभिङ, श्री जनकल्याण माध्यामिक विद्यालय र विभिन्न संघ संस्थाको साझेदारीमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिए । “सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण  गर्दै जानेछौ  उनले भने   ।

यस्तै, उनले आफुहरु विषम परिस्थीतिमा पनि नागरिकको घर दैलोमा गएर संक्रमितको पहिचान गर्न लागि परेको बताउँदै विभिन्न जिल्लाबाट काठमार्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले उक्त आइसोलेशन केन्द्र निर्माण गरिएको बताए । संक्रमितहरु आफ्नै घर भएका हुन् की कोठमा बस्ने आफुहरुले पहिचान गरेर मात्र व्यवस्था गर्ने उनले बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको पनि उनको भनाई छ ।

आइसोलेशनमा बस्ने कोरोना संक्रमितहरुलाई विभिन्न खाना, स्वास्थ्य सामग्री लगायतका अन्य आवश्यकिय सामग्री निःशुल्क उपलब्ध गराउने सहजकर्ता तथा सरस्वती नगर टोल सुधार समितिका अध्यक्ष पेशल कुमार पहाडीले जानकारी दिएका छन् ।

यस्तै, वडा सदस्य जयराम पुडासैनीले उक्त आइसोलेशन केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मी सहितको व्यवस्था गरिएको बताए। विभिन्न व्यक्ति, संघसंस्थाहरुको सहयोग र नर्ससहितको २४ घण्टा निगरानीमा बुधबारबाट आइसोलेशन केन्द्र संचालनमा ल्याईएको उनले बताए ।

उक्त आइसोलेशनमा विगत केही वर्ष देखि नर्सिङ पेसामा कार्यरत रहेकी  श्वेता श्रेष्ठले सेवा प्रदान गर्नेछिन् । उनले  कोरोना भाईरस संक्रमणका कारण अस्पातलहरुमा विरामिको चाँप बढेसंगै संक्रमितका लागि रगत अभावमा समस्या सिर्जना नहोस् भन्ने मनसायले  ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ पनि संचालन गर्दै आएकी छिन् । सामाजिक अभियान्ता समेत रहनुभएका श्रेष्ठले ब्लड डोनेसन क्याम्पेन मात्र नभएर अब कोभिडका लागि समर्पित भएर काम गर्ने बताईन् ।

कार्यक्रममा  नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले आइसोलेशन संचालनको लागि विभिन्न संघ संस्था संग पहल गर्नुका साथै  आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन  ।

तपाइँको प्रतिक्रिया ।