नेपालको राजनीतिक घटनाक्रम बारे भारतीय चासो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १२।

नेपालमा अहिले विकसित राजनीतिक घटनाक्रमलाई दक्षिणी छिमेकी भारतले आफ्नो नोटिसमा लिएको प्रतिक्रिया दिएको छ । भारतको नयाँदिल्लीस्थित विदेश मन्त्रालयका प्रवक्ता अरिमन्दम बागचीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यी घटनाक्रम नेपालको आन्तरिक मामला भएकाले त्यसलाई सल्टाउने जिम्मेवारी पनि नेपालकै राजनीतिक दलहरुको भएको पनि उनले प्रष्ट्याएका छन् । तर हामीले सबै घटनाक्रमलाई आफ्नो जानकारीमा भने लिएका छौं – उनले भने ।

विदेशमन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालबारे जिज्ञाशा राख्दा प्रवक्ता बागचीले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै, नेपालको प्रगति, शान्ति, स्थितरता र विकासमा एउटा छिमेकी मित्रका रुपमा भारतले अविचलित रुपमा साथ दिइरहन्छ– उनले भने ।

तपाइँको प्रतिक्रिया ।