गोकर्णेश्वर नगरपालिकामा अक्सिजन सहितको आइसोलेसन केन्द्रको सेवा सुभारम्भ
कपन अनलाइन
काठमाडौँ, जेठ १२ । गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा अक्सिजन र मेडिकल सेवा सहितको आइसोलेसन केन्द्रको शुभारम्भ गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ए१को सहयोगमा २५ शैया सहितको उक्त आइसोलेसन केन्द्रको आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य लायन्स क्लब डिष्ट्रिक ३२५ ए१ का गभर्नर टंकबहादुर श्रेष्ठ , पुर्ब गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल , पुर्व गभर्नर लायन कुमार राज सुवेदी, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, आइसोलेसन केन्द्रका “फोकल पर्सन” तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,
वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल,लगायत जन प्रतिनिधिसहित स्थानीय लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो उद्घाटन पश्चात बोल्दै नगर प्रमुख सन्तोष चालिसेलेनिम्न आय भएका कोरोना संक्रमित लाइ उपचार गर्न आइसोलेसन प्रभावकारी हुने बताउदै सो कार्यमा सहकार्य गरेकोमा लायन्स क्लबलाई धन्यबाद दिएका थिए । नगरबासीहरुको मनोबल बढाउनको लागि स्थानीयवासीहरुको समेत चाहनालाई सम्बोधन गदै लायन्स क्लब संगको सहकार्यमा आइसोलेसन सञ्चालनमा ल्याएको बताए ।
आइसोलेसनामा गोकर्ण प्राथमिक अस्पतालका डाक्टर तथा नर्सहरुले उपचार गर्ने आइसोलेसन केन्द्रका “फोकल पर्सन” तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए उनले गोकर्ण प्राथमिक अस्पताल कै अस्थायी आइसोलेसन केन्द्र भएको हुँदा १ जना डाक्टर, ३ नर्स र ३ जना अहेव को टिम २४ सै घण्टा रहनुको साथै एम्बुलेन्स समेत २४ सै घण्टा रहने बताए । आइसोलेसनको सुरक्षाको जिम्मा नेपाल प्रहरी र नगर प्रहरीले गर्ने छन ।कार्यक्रममा डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ, उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
फोटो : सरोज बस्नेत