झलनाथ खनाल र माधव नेपाल सहित ११ जनालाई एमालेको साधारण सदस्य समेत बाट निष्कासन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई एमालेको साधारण सदस्यसमेतबाट निष्कासन गरिएको छ। सोमबार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। बैठकले खनाल, नेपाल लगायत भीम रावल, रामकुमारी झाक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेतलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
तपाइँको प्रतिक्रिया ।