शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५२ जना पुग्यो, वडा गत बिवरण सहित

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५२ जना पुग्यो, वडा गत बिवरण सहित

कपन अनलाइन

काठमाडौं जेठ १०। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ९ गते सम्ममा १११ जना महिला र १४१ जना पुरुष गरि कुल २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६७  जना महिला र ९२ जना पुरुष गरि १५९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ७ जना पुरुष र ५ जना महिला गरि १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ३९ जना महिला र ४२ जना महिला गरि ८१ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ६५ जना महिला र ७८  जना पुरुष गरि कुल १४३  जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र १४ जना पुरुष गरि कुल १७ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

 शंखरापुर नगरपालिकाका  कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १५ पुरुष गरि कुल २२ जना

वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना

वडा नं३ मा १० जना महिला र २१ जना पुरुष गरि कुल ३१ जना

वडा नं ४ मा १२ जना महिला र १० जना पुरुष गरि कुल २२ जना

वडा नं ५ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना

वडा नं ६ मा २८ जना महिला र १७ जना पुरुष गरि कुल ४५ जना

वडा नं ७ मा १३ जना महिला र १८जना पुरुष गरि कुल ३४ जना

वडा नं ८ मा ४ जना महिला र ८ जना पुरुष गरि कुल १२ जना

वडा नं ९ मा ११ जना महिला र १९ जना पुरुष गरि कुल ३० जना त्यसै गरि अन्यमा ६ जना महिला र १० जना पुरुष गरि कुल १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।