हाल सम्म नागार्जुन नगरपालिकाका ६ सय ४६ जनाले  कोरोना जिते

हाल सम्म नागार्जुन नगरपालिकाका ६ सय ४६ जनाले  कोरोना जिते

कपन अनलाइन

काठमाडौँ, जेठ १०। नागार्जुन नगरपालिकामा २०७८ जेठ ९ गते सम्ममा १०९१ जना पुरुष र  ८२८ जना महिला गरि कुल  १९१९  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये ६४६ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका ३१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म  नगरपालिकाका  १२१८ जना  होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा २५ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १२४२ जना रहेको समेत उल्लेख गरिएको छ।

 

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा १९८जना पुरुष र १६३जना महिला गरि ३६१ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १२१जना पुरुष र  ११६ जना महिला गरि २३७ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा  ९७ जना पुरुष र ४५ जना महिला गरि १४२ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा  २४६ जना पुरुष र २०८ जना महिला गरि ४५४  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ६१ जना पुरुष र ५५ जना महिला गरि ११६  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १३३ जना पुरुष र ८१ जना महिला गरि २१४  जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ५९ जना पुरुष र ४६ जना महिला गरि  १०५ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  १८ जना पुरुष र १९ जना महिला गरि ३७  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा ६७ जना पुरुष र ४० जना महिला गरि १०७  जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ९१ जना पुरुष र५५ जना महिला गरि  १४६ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।