हाल सम्म गोकर्णेश्वर नगरपालिकाका एक हजार २५ जनाले कोरोना जिते
काठमाडौं, जेठ १० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ९ गते सम्ममा ८८४ जना पुरुष र ७५३ जना महिला गरि कुल १६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ५७९ जना पुरुष र ४४६ जना महिला गरि कुल १०२५ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका १९ जना पुरुष र १४ जना महिला गरि कुल ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २८६ जना पुरुष र २९३ जना महिला गरि कुल ५७९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।
हाल सम्म ९जना पुरुष र१९ जना महिला गरि कुल २८जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २७० जना पुरुष र २६७ जना महिला गरि कुल ५३७ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा ३५६ जना पुरुष र ४४२ जना महिला गरि कुल ७९८ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५९ जना पुरुष र ८७ जना महिला गरि १४६ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले २०८४ जना पुरुष र १९०६ जना महिला गरि कुल ३९९० जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।