देशभरका ३५ अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट जडानका लागि २ अर्ब ९३ करोड

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न बजेट विनियोजन गरेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन ।

यी ३५ असपतालमा पूर्वाधारमा बजेट व्यवस्था गरिएको छ :

१.कोसी अस्पताल – ६ करोड ८० लाख

२.विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – १८ करोड ८० लाख

३.गजेन्द्र नारायण अस्पताल – ३ करोड ८० लाख

४.नारायणी अस्पताल -९ करोड ८० लाख

५.भरतपुर अस्पताल – ९ करोड ८० लाख

६.प्रसुति गृह – ६ करोड ८० लाख

७.वीर अस्पताल – ३० करोड ८० लाख

८.गंगालाल अस्पताल – ८० लाख

९.ट्रमा सेन्टर – ९ करोड

१०.मनमोहन कार्डियो – ८० लाख

११.नेपालमा प्रहरी अस्पताल -९ करोड ८० लाख

१२.एपिएफ अस्पताल – ९ करोड ८० लाख

१३.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – ३ करोड

१४.विरेन्द्र अस्पताल –  ९ करोड

१५.सिभील अस्पताल -६ करोड ८० लाख

१६.कान्ति बाल अस्पताल – ६ करोड ८० लाख

१७.पाटन अस्पताल – १२ करोड ८० लाख

१८.टिचिङ अस्पताल – १२ करोड

१९.भरतपुर अस्पताल – ८० लाख

२०.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड ८० लाख

२१.जिपी कोइराला अस्पताल – ९ करोड

२२.राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड

२३.भेरी अस्पताल – १५ करोड

२४.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८० लाख

२५.डडेलधुरा अस्पताल – ६ करोड ८० लाख

२६.मेची अस्पताल – ९ करोड

२७.प्रादेशिक अस्पताल जनकपुर – ९ करोड ८० लाख

२८.भक्तपुर अस्पताल – ३ करोड ८० लाख

२९.बागलुङ अस्पताल – ३ करोड

३०.भीम अस्पताल – ३ करोड ८० लाख

३१.लुम्बिनी प्रादेशिक अस्पताल – ९ करोड ८० लाख

३२.सुर्खेत प्रादेशिक अस्पताल – १२ करोड ८० लाख

३३.सेती प्रादेशिक अस्पताल – ६ करोड ८० लाख

३४ .महाकाली अस्पताल – ९ करोड ८० लाख

३५.धुलिखेल अस्पताल – ६ करोड ८० लाख

तपाइँको प्रतिक्रिया ।