Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/2-11.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७।

नेपाल खेलकुद महासंघले  नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आईतबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो  ।

महासंघको  ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत अग्रपंक्ति रहेका  खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभस लगायतका सामाग्री हस्तान्तरण गरिएको हो  ।
महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले कोरोनाका बिषम परिस्थितीमा फ्रन्टलाइनरलाई उपलब्ध गराउने स्वास्थ्य सामाग्री मञ्चलाई समेत हस्तान्तरण गरिएको बताएका थिए भने  मञ्चका अध्यक्ष सुबेदीले पत्रकारहरु सधै जोखिममा रहने उल्लेख गर्दै स्वास्थ्य सामाग्री सहयोगका लागि महासंघलाई धन्यबाद दिएका थिए ।
सो अवसरमा  महासंघका  वरिष्ठ उपाध्यक्ष बस्नेत सहित प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्षहरु सुभाष श्रेष्ठ, यकेन्द्र कुँवर, प्रभात बिक्रम कट्वाल, महासचिव मेघराज पौडेल, सह–महासचिवद्धय प्रदीप खत्री र नन्दा बस्याल, सचिव उमेश केसी, कोषाध्यक्ष बिनु शर्मा, उपत्यका सचिव केशव वलीको उपस्थिती रहेको थियो  थियो ।

महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत देशका ५६ जिल्लामा अग्रपङ्ती खटिने फ्रन्टलाइनरलाई स्वास्थ्य सामाग्री वितरण  गरी सकेको छ।

तपाइँको प्रतिक्रिया ।