नेपाल इन्स्योरेन्स कम्पनीद्धारा ३९ करोड ७४ लाख प्रिमियम संकलन

नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी ६६ औं बर्षमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न ६३ औं बार्षिक सभामा कम्पनीले यस बर्ष पनि उल्लेख्य प्रगती जारी राख्न सफल भएको जनाएको छ । कम्पनीले आर्थिक बर्ष २०६७/०६८ मा अघिल्लो बर्षको तुलनामा करिब १६ प्रतिशतले व्यवसाय बृद्धि गरी ३९ करोड ७४  लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । अध्यक्ष देवराज अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कम्पनी चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २ करोड ४२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको जनाएको छ । साधारणसभाले ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा नै ३८ करोड ३१ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भैसकेको छ । कम्पनी कमलादीस्थित प्रधान कार्यालय सहित मुलुकभर १६ वटा शाखा/सम्पर्क कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।