बर्षको दोस्रो ग्राँ स्ल्याम टेनिसको खेल तालिका सार्वजनिक

बर्षको दोस्रो ग्राँ स्ल्याम फ्रेन्च ओपन टेनिसको खेल तालिका सार्वजनिक भएको छ । सोमबारबाट फ्रान्सको राजधानी पेरिसमा शुरु हुने प्रतियोगिता अन्तर्गत शिर्ष वरियताका सर्वियन स्टार नोभाक जोकोभिचले पहिलो खेलमा इटालीयन खेलाडी पोटिटो स्टाराचेको सामना गर्ने छन् । स्पेनिस स्टार रफाइल नादालले भने पहिलो खेलमा इटालीयन खेलाडी सिमोने बोलेलीको सामना गर्दा १६ पटकका ग्राँ स्ल्याम विजेता स्विस स्टार रोजर फेडररले जर्मनीका टोबियास काम्केको सामना गर्नेछन् ।

यसैगरी चौथो वरियताका इङ्गलिस स्टार एण्डी मर्रेले जापानका टाटसुमा इटोसँग प्रतिस्पर्धा गर्ने छन् । यता, महिलातर्फ भने शिर्ष वरियताकी बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्काले इटालीकी अल्बेर्टा ब्रिआन्टीको सामना गर्दा दोस्रो वरियताकी रसियन सुन्दरी मारिया सारापोभाले रोमानियाँकी एलेक्जान्ड्रा काडान्टुको सामना गर्ने छिन् ।

तपाइँको प्रतिक्रिया ।