अमेरिकाबाट स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ८।

अमेरिकी नागरिकहरुको तर्फबाट नेपाललाई उपलब्ध गराउने आपतकालिन स्वास्थ्य सामग्री बोकेको पहिलो जहाज नेपाल आइपुगेको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त सामग्री नेपाल आइपुगेको हो ।

यसले नेपाली जनताहरुलाई कोरोना भाइरसको सङ्क्रमण (कोभिड१९)विरुद्धको लडाइँमा सहयोग पुर्‍याउने विश्वास युएसएआइडीले व्यक्त गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे ।

आज ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले सहयोग गरेको थियो।

तपाइँको प्रतिक्रिया ।