काठमाण्डौ जिल्लाका तिन प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोधियो ,को को परे ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ८।
नेकपा एमाले बागमती प्रदेस संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने काठमाण्डौ जिल्लाका तिन प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
बोर्डको आज हेटौडा मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेसमा अविस्वासको प्रस्ताव पेश गर्ने देखि लिएर रास्ट्रिय सभाको उपनिर्वाचन सम्म पार्टी निर्णय विरुद्ध उभिएका प्रदेस सभा सदस्यहरुलाई भोलि बेलुका ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।
काठमाण्डौ जिल्लाका विभिन्न प्रदेस सभा निर्वाचनमा बिजयी बनेका प्रदेस सभा सदस्यहरुलाई आफ्नै सरकार विरुद्ध अविस्वासको प्रस्ताव ल्याएको र रास्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो उम्मेदवारका विपक्षीलाई मत हालेको भन्दै स्पष्टीकरण सोधिएको हो।
स्पष्टीकरण सोधिएका प्रदेस सभा सदस्यहरुका काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित कुसुम कुमार कार्की ,क्षेत्र नं ८ (२ ) बाट निर्वाचित अस्ट लक्ष्मी शाक्य र क्षेत्र नं ७ (२ ) बाट निर्वाचित बसन्त मानन्धर रहेका छन।