बागमती प्रदेसको यातायात सेवामा विधुतीय भुक्तानी गर्न सकिने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ८।

बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार अपराह्नमा बसेको बैठकले प्रदेशको यातायात सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने र राजश्व भुक्तानी गर्ने सम्बन्धी नियमावली २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी उक्त बैठकले भीआरसी अन्तर्गत ट्रान्स्पोट विकास सम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गर्ने निर्णयपनि गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापना गर्नुको साथै आइसोलेसन कक्षहरु स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वय गर्ने निर्णय गरेको बैठकले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।