हाल सम्म शंखरापुर नगरपालिकाका ५० जनाले कोरोना संक्रमण जिते
कपन अनलाइन
काठमाडौं, जेठ ७। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ६ गते सम्ममा १०० जना महिला र १३० जना पुरुष गरि कुल २३० जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ७३ जना महिला र ९७ जना पुरुष गरि १७० जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा ६ जना पुरुष र ४ जना महिला गरि १० जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २३ जना महिला र २७ जना महिला गरि ५० जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ७१ जना महिला र ८७ जना पुरुष गरि कुल १५८ जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र १०जना पुरुष गरि कुल १२ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
कुन वडामा कति संक्रमित?
वडा नं १ मा ६ महिला र १३ पुरुष गरि कुल १९ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा ९ जना महिला र १९ जना पुरुष गरि कुल २८ जना
वडा नं ४ मा १२ जना महिला र १० जना पुरुष गरि कुल २२ जना
वडा नं ५ मा ७ जना महिला र १८ जना पुरुष गरि कुल १८ जना
वडा नं ६ मा २६ जना महिला र १७ जना पुरुष गरि कुल ४३ जना
वडा नं ७ मा १४ जना महिला र १४ जना पुरुष गरि कुल २८ जना
वडा नं ८ मा ४ जना महिला र ८ जना पुरुष गरि कुल १२ जना
वडा नं ९ मा १० जना महिला र १९ जना पुरुष गरि कुल २९ जना त्यसै गरि अन्यमा ३ जना महिला र ८ जना पुरुष गरि कुल ११जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।