जिसस सिन्धुपाल्चोकको समन्वयमा स्वास्थ्य सामाग्री वितरण गरिने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७/सुशील सुवेदी

जिल्ला समन्वय समितिको समन्वयमा आज  शुक्रबार सिन्धुपाल्चोकमा  स्वास्थ्य सामाग्री वितरण हुने भएको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सामग्रि समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले उद्योगी व्यवसायीहरु संग गरेको अपिल पश्चात विभिन्न व्यक्तिवहरुले सहयोग गरेका हुन।

जेठ २ गते बसेको बैठकले  स्वास्थ्यका सामाग्री  सहयोग गरिदिन गरेको अपिल पछी  शिल्क ट्रान्सपोर्ट कम्पनीले जिल्लामा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार शुक्रबार सामग्रि वितरण गर्न लागिएको शिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश लामाले बताएका छन ।

आज  प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, पूर्व मन्त्री द्धय शेर बहादुर तामाङ, मोहन बहादुर बस्नेतको उपस्थितिमा ३ लाख सर्जिकल मास्क, १ सय थान अक्सिजन सिलिण्डर, ४० हजार पिस एन ९५ मास्क, सेनिटाइजर १ हजार लिटर , चस्मा, पिपिइ सेट ,पञ्जा लगायतको अत्यावश्यक स्वास्थ्य सामग्रि सहयोग गर्न लागिएको लामाले जानकारी दिनुभयो ।

समन्वय समितिका प्रमुख तामाङले प्राप्त भएको स्वास्थ्य सामाग्री सबै पालिकाको वडा वडामा पुग्नेगरि जोखिमको अवस्था अनुसार  वितरण गरिने बताउदै दास्रो भेरिएण्टको कोरोना भित्रिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा वृद्धि भएपछि कारोना रोकथाम तथा नियन्त्रणका लागि  सक्रिय भएर लागि रहेको जानकारी दिएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।