कोरोना जितेका गोकर्णेश्वरका प्रवक्ता मनोज ढुंगाना भन्छन,संक्रमितलाइ हौसला र आत्मबल प्रदान गरौं

कोरोना जितेका गोकर्णेश्वरका प्रवक्ता मनोज ढुंगाना भन्छन,संक्रमितलाइ हौसला र आत्मबल प्रदान गरौं

कपन अनलाइन

काठमाडौं जेठ ६। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना कोरोना जितेका छन। वडाबासीहरुको सेवामा दिन रात नभनी कोरोना प्रकोप नियन्त्रण रोकथाम अभियानमा सक्रिय रहँदै वडा कार्यालयवाट सेवा प्रदान गर्दै आएका ढुंगाना गत बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भए संगै उनि होम आइसोलेसनमा बसेका थिए ।करिब १३ दिनको आइसोलेशन बसाइ पछि गरेको परिक्षण बाट उनि कोरोना मुक्त भएका छन। कोरोना मुक्त भए संगै कपन अनलाइन संग संक्षिप्त कुरा  गर्दै प्रवक्ता ढुंगानाले  यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन ।

जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन उनले भने। जनप्रतिनिधि  भए पछि आफ्नो दायित्वबाट पन्छिन नमिल्ने हुँदा सामाजिक दूरी कायम गरी सतर्कता साथै काम गरिरहेको अवस्थामा आफूलाई संक्रमण भएको हुन सक्ने  बताए ।उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले अनुरोध गरेका छन ।

 उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन। सबै नगरवासीको सामुहिक पहलकदमी र एकीकृत प्रयासले मात्र कोरोना संक्रमणलाई रोक्न सकिने  बताउदै   संक्रमित  भएर एकान्त बासमा रहदा वडाबासी  शुभ चिन्तकहरुले बिभिन्न माध्यम बाट गरेको सदभाव र सुभेच्छा तथा स्वास्थ्य लाभको कामनाले गर्दा कोरोना जित्ने आत्मबल मिलेको भन्दै सम्पूर्णमा धन्यवाद दिँदै सुरक्षित रहन अनुरोध गरेका छन्।

कोराना संक्रमित भइ घरमै एकान्तबासमा बसेका हरुलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श आवश्यक रहेको भन्दै उनले धेरैजसो मानिस एकान्त बासमा बस्दा  मानसिक रुपमा कमजोर भएका हुन्छन ‘कयौं त्रासमा बाँचिरहेका हुन्छन , त्यति बेला संक्रमितलाई आत्मबलको खाँचो हुने र आवश्यक परामर्शले उनीहरुको आत्मबल बलियो भइ कोरोनालाई चाँडै परास्त गर्न मद्दत पुग्ने बताएका छन। यस्तो बेला आफू सुरक्षित र सकरात्मक भएर सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न समेत उनले आग्रह गरेका छन्।

अझै पनि मानिसहरुले जनस्वास्थ्यको मापदण्डलाई गम्भीरतापूर्वक लिएका छैनन् । जबसम्म नागरिक आफैं सचेत बन्दैनन् तबसम्म गाह्रो हुनसक्छ   त्यसैले  जनस्वास्थ्यका मापदण्ड पालनामै बढी जोड दिनु पर्ने बताउदै भाइरसबाट बच्न तजनस्वास्थ्यका मापदण्ड कडा रुपमा पालना गर्नु बाहेकको विकल्प  नभएको हुँदा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेका छन्।कोरोनालाई हेलचेक्र्याइँ नगर्न सबै वडा बासिहरुलाई बिना काम भिडभाडमा नजान र जानै परे पनि स्वास्थ्य सुरक्षामा ध्यान दिई सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कदा अनिवार्य रुपमा सहि तरिकाले माक्स लगाउन र स्यानिटाजर प्रयोग गरी सम्भव भए सम्म २ मिटरको दूरी कायम गरी विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया ।